सम्मानित सभाभित्र जनताका प्रतिनिधी

संविधान सभाभित्र देखिएको उदेक लाग्दो स्थितीले अहिले नेपाल र नेपालीहरुको शिर विश्वमाझ झुक्ने अवस्था देखिएको छ ।   ुहुन त संविधान निर्माण गर्नका लागि पठाएका सभासदहरुले यस्तो हरकत गर्लान भन्ने पनि जनताहरुले सोचेका थिएनन् ।
जनताको प्रतिनिधिका रुपमा गएका सभासदहरुले आफ्नो पक्षमा निर्णय नहुने वित्तिकै लडाँई मात्र गरेनन् । हानाहानको      राजनीति सम्मानीत सभाभित्र देखाए यसको असर अहिले मात्र होईन आगामी दिनहरुमा देखिन सक्छ ।
जनताहरु पनि अव धेरै अवुझ बनेका छैनन् । पहिलो संविधान सभामा पनि यस्तै हरकतहरु भए र संविधान बनेन् पाँच पाँच बर्षसम्म जनताको करलाई तलवी रुपमा भुँडी भरेका मुलुकका         राजनीति दलहरुले लोकतन्त्रको अभ्यास गर्न सकेका छैनन् । लोकतन्त्रमा पहिलो कुरा सहमतीका लागि गरिन्छ दोस्रो , बहुमतलाई मान्नुपर्दछ ।
हिजो कसले के ग¥र्यो भनेर बर्तमानमा     रिस पोख्ने काम यसपालिको संविधान सभामा देखिएको छ त्यो पक्कैपनि राम्रो काम होईन् । निकै सम्मानीत मानिएको संविधान सभा र त्यसमा गएर जनताका हरेक नीति नियम बनाउनेहरुले देखाएको उदण्ड प्रवृतीले पक्कै पनि नेपाल र नेपाली जनताको भाग्य भविष्य निर्माणमा अन्धारपन देखाएको छ । सत्ता र प्रतिपक्षवीच देखिएको यो अवस्थालाई मध्यनजर गरी संविधान निर्माणको अर्को मिति तत्काल दलहरुले तोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार